Logo

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरीबीच सम्झौता, बैंकका ग्राहकलाई गहना बनाउँदा २५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरीबीच सम्झौता, बैंकका ग्राहकलाई गहना बनाउँदा २५ प्रतिशतसम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेजरी (केजे) देव कर्नरबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई गहना बनाउने शुल्कमा छुट पाईनेगरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५ प्रतिशतसम्मको विशेष छुट पाउनेछन ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL