Logo

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा भोजपुरमा, सेवा संख्या १०२ पुग्यो

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा भोजपुरमा, सेवा संख्या १०२ पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले भोजपुरको भोजपुर नगरपालिकाको हेलौंछामा १०२ औं शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो।

बैंकले विस्तार गरेको उक्त शाखारहित बैंकिङ सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका २ का अध्यक्ष कुमार राईले संयुक्त उद्घाटन गरेका छन ।

उक्त शाखारहित बैंकिङ सेवामार्फत निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायतका सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले ८२ शाखा, ७९ एटिएम र १०२ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL