Logo

मेगा बैंकको सामाजिक उत्तरदायित्व, फुड फर लाइफ नेपाललाई खाध्यन्न सहयोग

मेगा बैंकको सामाजिक उत्तरदायित्व, फुड फर लाइफ नेपाललाई खाध्यन्न सहयोग



काठमाडौं । मेगा बैंक नेपालले बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने खाद्य सामाग्री सहयोग गरेको हो ।

फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकाहरुलाई नियमित रुपमा खाजा सहयोग गर्दै आएको छ ।

बैंकले असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि समेत सहयोग गर्दै आएको छ । हाल बैंकका १०२ शाखामार्फत १÷१ जना बालिकालाई समेत छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL