Logo

नेपाल बंगलादेश बैंकको नयाँ शाखा खोकनामा, शाखा संख्या ९५ पुग्यो

नेपाल बंगलादेश बैंकको नयाँ शाखा खोकनामा, शाखा संख्या ९५ पुग्यो



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो ९५ औं शाखा ललितपुरको खोकनामा संचानलमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

उक्त शाखाको सांसद पम्फा भुसालले उद्घाटन गरेका हुन् । सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

बैंकले उक्त क्षेत्र आसपासका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको उनले जानकारी दिए ।

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् । खोकना शाखा बिस्तारसगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL