Logo

एभरेष्ट बैंक र होटल स्नो पीकबीच सहकार्य, बैंकका ग्राहकलाई होटलको सेवामा १० प्रतिशत छुट

एभरेष्ट बैंक र होटल स्नो पीकबीच सहकार्य, बैंकका ग्राहकलाई होटलको सेवामा १० प्रतिशत छुट



काठमाडौं । एभरेष्ट बैंकले पोखरास्थित स्नो पीक होटलसँग साझेदारी गरेको छ । बैंकले उक्त होटलमा आफ्ना ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न उक्त होटलसँग साझेदारी गरेको हो ।

उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले उक्त होटलको आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १० प्रतिशत सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL