Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । सिभिल बैंकले गत बर्ष आएको पर्साको हावाहुरी पीडित विद्यालयलाई ३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा हाँस्य कलाकार सन्दिप क्षेत्रीले को बन्छ करोडपतिबाट प्राप्त गरेको नगद १ लाख ६० हजार तथा बैंकको तर्फबाट १ लाख ४० हजार रुपैयाँ थप गरी ३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकले बिहीबार एक कार्यक्रमकाबीच पर्सा खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले दिएको सो रकमबाट विद्यालय भवनको छत मर्मत गर्ने विद्यालयले जनाएको छ ।

बैंकका प्रमुख माईक्रो बैकिंङ युवराज गुरागाईंले विद्यालयका प्रधानाध्यापक रामेश्वर प्रसाद यादवलाई उक्त रकम हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL