Logo

एनआईसी एसिया बैंकको मिराकल, नाफा १२९ प्रतिशतले बढ्दा वासलातको आकार २१८ अर्ब पुग्यो

एनआईसी एसिया बैंकको मिराकल, नाफा १२९ प्रतिशतले बढ्दा वासलातको आकार २१८ अर्ब पुग्यो



काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंक आर्थिक बर्ष २०७५/७६ मा बैंकले ३ अर्ब ५ करोड नाफा गरेको हो । यो नाफा अघिल्लो आबको तुलनामा १२९ प्रतिशतले बढि हो । जबकि बैंकले आर्थिक बर्ष २०७४/७५ मा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

laxmi

यसैगरी बैंकले गत आबको असार मसान्त सम्ममा सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् २ अर्ब ६६ करोडले वृद्धि गरी ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले सो अबधिका नाफाका साथै अन्य परिसुचकमा पनि मिराकल देखाएको छ ।

बैंकले गत आर्थिक बर्षमा कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् ४ अर्ब १५ करोड रुपैयाँले वृद्धि गरी ९ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । सोही अवधिमा बैंकको खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड रुपैयाँले वृद्धि भई .६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् ४६ अर्ब ७६ करोड रुपैयाँको वृद्धिसहित वासलातको आकार २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कुल कर्जातर्फ २५ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ५० अर्ब लगाी गरेको छ भने निक्षेपतर्फ .१ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।

कर्जा प्रवाहमा अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाँले जानकारी दिए । साथै निक्षेप संकलनतर्फ सम्पूर्ण नीजि स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई ३४.५६ रुपैयाँ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ ।

हाल बैंकको देशभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको १८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL