Logo

सिटिजन्स बैंकको एटिएम सेवा भिएस निकेतनमा, एटिएम सेवा ७८ पुग्यो

सिटिजन्स बैंकको एटिएम सेवा भिएस निकेतनमा, एटिएम सेवा ७८ पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको मीनभवनमा रहेको भिएस निकेतन विद्यालयमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा विद्यालयका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन । उक्त सेवा मार्फत विद्यालयका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका आमजनताले एटिएम सेवा लिन सक्ने बैंकको विस्वास रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गर्न सफल भएको छ । भने बैंकले २ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको छ ।

बैंकले ८१ शाखा, ७८ एटिएम तथा १ सय शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्डलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL