Logo

कञ्चनपुर भन्सारमा पनि बैंकिङ कारोबार सुरु हुँदै, एनआईसी एशियाले काउन्टर संचालन गर्ने

कञ्चनपुर भन्सारमा पनि बैंकिङ कारोबार सुरु हुँदै, एनआईसी एशियाले काउन्टर संचालन गर्ने



काठमाडौं । एनआईसी एशिया बैंक र भन्सार विभागबीच सम्झौता भएको छ । सोमबार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछन । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै एनआईसी एशिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै क्रममा उक्त विस्तारित काउण्टर खोल्ने सम्झौता भएको बैंकले जानजकारी दिएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौतासँगै नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकका सेवाग्राहीले छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL