Logo

सिभिल बैंकको नयाँ शाखा सुनसरीको दुहवीमा

सिभिल बैंकको नयाँ शाखा सुनसरीको दुहवीमा



काठमाडौं । सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका हुन ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL