Logo

बैंकको किस्ता र ब्याज तिर्ने समय थपियो, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रबाह नगरे जरिवाना

बैंकको किस्ता र ब्याज तिर्ने समय थपियो, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रबाह नगरे जरिवाना



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावा र ब्याज तिर्ने समय १५ दिन थपेको छ । बाढी पहिरोको कारण समस्या परेको भन्दै राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नुपर्ने साँवा ब्याज तथा किस्ता रकम साउन १५ सम्म तिर्दा हुने व्यवस्था गरेको हो ।

laxmi

यस अघि राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा आर्थिक वर्ष समाप्त भएको मितिले १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेको थियो । तर, राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आर्थिक बर्ष समाप्त भएको १ महिनाभित्र कायम गर्न पाउने व्यवस्था गरेको छ ।

जसबाट व्यवसायीले बैंकलाई आर्थिक बर्षको अन्त्यसम्ममा बुझाउनुपर्ने कर्जाको सावाँ तथा व्याज भुक्तानीको समय थप भएको छ । हालैमात्र आएको बाढि पहिरोका कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै निजी क्षेत्रले कर्जा र ब्याज तिर्ने समय थप थर्न माग गर्दै आएका थिए ।

यसैगरी क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोके अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रबाह नगरेमा जरिवाना गर्ने भएको छ । यस्तो अपुग रकममा त्रैमासिक रुपमा हुन आउने व्याज रकम निर्धारण गरी सोही अनुरुप हर्जना लगाउने भएको छ ।

यसैगरी बैंक वित्तीय संस्थाहरुले कर्जा प्रबाह गर्दा ऋणीहरुसँग विभिन्न शिर्षकमा अनावश्यक शुल्क लिएको भन्दै त्यसमा समेत कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL