Logo

जनता बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा बिशेष छुट

जनता बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा बिशेष छुट



काठमाडौं । जनता बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट दिने सम्बन्धि संझौता भएको हो ।

संझौता पत्रमा अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपिडि सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने भएको हो । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL