Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै जनता बैंक, एकै दिन ६ नयाँ शाखा संचालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै जनता बैंक, एकै दिन ६ नयाँ शाखा संचालनमा



काठमाडौं । जनता बैंकले एकैदिन विभिन्न स्थानमा ६ ओटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ नयाँ शाखाको उद्घाटन गरी कारोबार सुरु गरेको हो ।

बैंकले काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट र काठमाडौं उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका माननीय सांसद बृजेशकुमार गुप्ताले गरेका हुन भने काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर केसी, बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरेका हुन ।

यस्तै थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन । साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराज जङ्ग राजभण्डारीले उद्घाटन गरेका हुन ।

नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ सेबा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL