Logo

सिभिल बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्वारमा, शाखा संख्या ८५ पुग्यो

सिभिल बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्वारमा, शाखा संख्या ८५ पुग्यो



काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ शाखा कार्यालय बर्दियाको ठाकुरद्वारमा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरेकी हुन ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायीलगायतको उपस्थिति रहेको थियो । ठाकुरद्वार शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL