Logo

हिमालयन बैंकको शाखा सुकेधारामा, शाखा संख्या ५९ पुग्यो

हिमालयन बैंकको शाखा सुकेधारामा, शाखा संख्या ५९ पुग्यो



काठमाडौं । हिमालयन बैंकले आफ्नो नयाँ शाखा कार्यालय सुकेधारामा संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं महानगरपालिका— ४, सुकेधारमा आफ्नो ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरेका हुन । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्यसम्मा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरेको छ ।

कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या १ सय २० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL