Logo

एकैदिन जनता बैंकका ६ नयाँ शाखा संचालनमा, तनहुँको डुम्रेमा स्वास्थ्य शिविर

एकैदिन जनता बैंकका ६ नयाँ शाखा संचालनमा, तनहुँको डुम्रेमा स्वास्थ्य शिविर



काठमाडौं । जनता बैंकले एकैदिन ६ नयाँ शाखा कार्यालय संचानमा ल्याएको छ । बैंकले बुधबार विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखा कार्यालयहरु विस्तार गरेको हो ।

बैंकले बुधबार नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा उक्त नयाँ शाखाहरु संचालनमा ल्याएको छ । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरेका हुन ।

यस्तै पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले गरेका छन । नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ सेबा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

यसै बिच तनहुँको डुम्रेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

यस सँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १ सय ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL