Logo

जनता बैंकको एटिएम धनगढीको असनपुरमा, एटिएम संख्या ९४ पुग्यो

जनता बैंकको एटिएम धनगढीको असनपुरमा, एटिएम संख्या ९४ पुग्यो



काठमाडौं । जनता बैंकले धनगढीको असनपुरमा एटिएम सेवा संचालनमा ल्याएको छ ।
बैंकले सोमबार एक कार्यक्रमको आयोाजना गर्दै धनगढीको असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरमा उक्तएटिएम सेवा संचालनमा ल्याएको हो ।

धनगढी उपमहानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन ।

उक्त क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा उक्त एटिएम सेवाले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १ सय २८ शाखा, ५० शाखा रहित बैकिङ केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL