Logo

१०० दरका ४० करोड थान नोट छाप्ने जिम्मा बेलायती कम्पनीलाई, छपाई लागत ८० लाख ७२ पाउण्ड

१०० दरका ४० करोड थान नोट छाप्ने जिम्मा बेलायती कम्पनीलाई, छपाई लागत ८० लाख ७२ पाउण्ड



काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० दरका नयाँ नोट छाप्ने जिम्मा बेलायती कम्पनीलाई दिएको छ ।

बैंकले बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई १०० दरका नयाँ नोट छाप्ने जिम्मा दिएको हो । सो कम्पनीले १०० दरका ४० करोड थान नयाँ नोट छाप्ने छ ।

राष्ट्र बैंकले १०० दरका ४० करोड थान नोट छाप्नका लागि बेयायती कम्पनीलाई ८० लाख ७२ हजार पाउण्डमा जिम्मा दिएको जानकारी दिएको छ ।

गत हप्ता राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोट थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL