Logo

बाणिज्य बैंकहरुलाई ३ दिनभित्र प्रादेशिक कार्यालय र सेवाशुल्कको रिर्पोटिङ गर्न राष्ट्र बैंकको निर्देशन

बाणिज्य बैंकहरुलाई ३ दिनभित्र प्रादेशिक कार्यालय र सेवाशुल्कको रिर्पोटिङ गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ३ दिनभित्र हरेक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेनगरेको विषयमा जानकारी गराउन निर्देशन दिएको छ ।

laxmi

राष्ट्र बैंकले यस अघि साउन २ गते बाणिज्य बैंकहरुलाई पुस मसान्तभित्र हरेक प्रदेशमा एउटाको दरले प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिएको थियो । तर, सो निर्देशक बमोजिम हरेक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना भए नभएको जानकारी सहित ३ दिन भित्र जानकारी गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले साउन २ गतेनै पुस भित्र सबै बाणिज्य बैंकलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय खोल्न निर्देशन दिएपनि सोही अनुरुप स्थापना नगरेका कारण उनीहरुसँग स्पष्टीकरण माग गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसैगरी राष्ट्र बैंकले बाणिज्य बैंकहरुले ऋणीसँग लिँदै आएको विभिन्न सेवा शुल्कको विषयमा पनि सोही मितिभित्र जानकारी गराउन निर्देशन दिएको हो । बैंकहरुले कर्जा प्रबाह गर्दा लिने प्रशासनिक शुल्क, प्रतिवद्धता शुल्क र अग्रीम कर्जा भुक्तानी शुल्कलागयतको विषयमा ३ दिन दिनभित्र जानकारी गराउन निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्
MBL