Logo

एनआईसी एशियामा जागिरको अवसर, ९ पदका लागि माग्यो २ सय जना

एनआईसी एशियामा जागिरको अवसर, ९ पदका लागि माग्यो २ सय जना



काठमाडौं । एनआईसी एशियाले विभिन्न ९ पदका लागि २ सय जना कर्मचारी माग गरेको छ ।

बैंकले शाखा प्रबन्धक, अफिसर, रिलेसनशिप म्यानेजर लगायत विभिन्न ९ पदका लागि आवेदन खोलेको हो । उक्त पदपुर्तिका लागि बैंकले उक्त पदहरुका आधारमा स्नातकोत्तर, स्नातक तहसम्मको अध्ययन भएको कर्मचारी खोजेको हो ।

यसका साथै बैंकले उक्त पदहरुमा पद सम्हाल्नका लागि शाखा प्रबन्धकले ब्यवस्थापन संकायमा स्नातक या स्नातकोत्तर तहको अध्ययन गरेको र अफिसर पदमा रहेर कम्तिमा ५ बर्ष काम गरेको अनुभव माग गरेको हो ।

यसका साथै बैंकले रिलेसनसशिप म्यानेजरको पदमा १ सय जना माग गरेको छ । जसका लागि पनि स्नातक पास गरेको र केहि अनुभव रहेको हुनुपर्नेछ ।

यस्तै अन्य विभिन्न पदका लागि पनि सोहि अनुसार अध्ययन तथा अनुभव रहेको आवस्यक पर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL