Logo

विश्व बैंकको निमन्त्रणमा अर्थमन्त्री उडे अमेरिका, नेपालको विकास साझेदारसँग छलफल गर्ने

विश्व बैंकको निमन्त्रणमा अर्थमन्त्री उडे अमेरिका, नेपालको विकास साझेदारसँग छलफल गर्ने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंकको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसि प्रस्थान गरेका छन । उनि बैंकको मुख्यालयमा हुने औपचारिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेका हुन ।

उक्त कार्यक्रमका उनले विश्व बैंकको सहयोगमार्फत नेपाल सरकारको प्राथमिकता अनुसार विकास आयोजना कार्यान्वयनका लागि सहयोग उपलब्ध गराउनका लागि ५ बर्षे विकास साझेदारीलाई अन्तिम रुप दिनेछन ।

साथै उनि कार्यक्रमका माध्यमबाट नेपालमा विकासको लागि मार्गचित्र प्रस्तत पनि गर्नेछन । कार्यक्रममा द्धिपक्षीय साझेदारी र बहुपक्षीय विकास साझेदारहरुसंग विकासको बारेमा विभिन्न छलफल पनि गर्नेछन ।

भ्रमणका क्रममा उनले विश्व बैंकका उच्च व्यवस्थापन समुहसंग भेट गर्नुका साथै विभिन्न विषयमा छलफल पनि गर्ने तालिका रहेको छ ।
भ्रमणकालमा उनि युएसएआइडी, एमसीसी र आइएमएफ का पदाधिकारीहरुसँग छुट्टाछुट्टै बैठकहरु गर्नुका साथै नेपालमा प्राप्त सहयोगको बारेमा समिक्षा गर्नेछन ।

उक्त भ्रमणमा अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल तथा अमेरिकाको लागि नेपालका राजदुत अर्जुन कार्की रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL