Logo

राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब नाध्यो, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार

राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब नाध्यो, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा आफ्नो नाफामा ४८ प्रतिशतले बृद्धि गर्दै ३ अर्ब ८ करोड नाफा आर्जन गरेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकमध्ये सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा बढि नाफा आर्जन गरेको हो । बैंकले गत आबको सोही अबधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी र खराबकर्जा उठौतीमा सुधार आएसँगै नाफामा उच्च बृद्धि भएको हो । सो अबधिमा बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको लगानी गरेको छ । यसैगरी बैंकले १ अर्ब ६ करोड रुपैयाँ राईट ब्याक गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL