Logo

ग्लोबल आईएमईको नाफा ७ करोडले घट्दा एसबीआईको ९ करोडले बढ्यो

ग्लोबल आईएमईको नाफा ७ करोडले घट्दा एसबीआईको ९ करोडले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा गत आबको सोही अबधिको तुलनामा ७ करोड रपैयाँले घटेको छ । बैंकले गत आवका पहिलो त्रैमासमा ४२ करोड खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अबधिमा आईपुग्दा घटेर ३५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत घटेको छ । यसैगरी बैंकको खराब कर्जा कुल कर्जा प्रवाहको १ दशमलव ५७ प्रतिशत पुगेको छ ।

बैंकले सो अबधिसम्म आईपुग्दा १ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने संचित कोष बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

यसैगरी आजै वित्तीय विवरण सार्वजनिक गरेको नेपाल एसबीआई बैंकको नाफा भने ९ करोड रुपैयाँले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

बैंकले हालसम्म ८६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने संचित कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा कुल कर्जा प्रवाहको शुन्य दशमलव १३ प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL