Logo

एसबीआईको नाफा १६ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

एसबीआईको नाफा १६ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अबधिको तुलनामा १६ प्रतिशतले मात्र बढी हो । बैंकले गत आवको सो अवधिमा ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले सो अवधिसम्म आईपुग्दा ८५ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकले २ अर्ब १९ करोड ५७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने २ करोड ३६ लाख रुपैयाँ राइट ब्याक गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ । बैंकले संभावित जोखिमका लागि भने १८ करोड १० लाख छुट्याएको छ ।

बैंकले खराब कर्जालाई पनि न्युनिकरण गर्दै शुन्य दशमलव १२ प्रतिशतमा सिमित गरेको छ भने कर्जा निक्षेप अनुपात पनि ७२ प्रतिशत मात्र रहेको छ ।

सो अवधिसम्ममा बैंकको रिजर्भ कोषमा ३ अर्ब ११ करोड ८ लाख रुपैयाँ जम्मा भएको छ । हाल एसबीआईको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैयाँ ४७ पैसा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL