Logo

समस्याग्रस्त क्रिष्टल फाइनान्सले सर्वसाधारणको निक्षेर फिर्ता ग¥यो, केही समयभित्रै सम्पूर्ण निक्षेप फिर्ता गर्दै

समस्याग्रस्त क्रिष्टल फाइनान्सले सर्वसाधारणको निक्षेर फिर्ता ग¥यो, केही समयभित्रै सम्पूर्ण निक्षेप फिर्ता गर्दै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१६ पुस, काठमाडौं । समस्या ग्रस्त क्रिष्टल फाइनान्स सुधारोन्मुख आवस्थामा देखिएको छ । हाल फाइनान्सले व्यक्तिगत निक्षेपकर्ताको सम्पूर्ण निक्षेप फिर्ता गरिसकेको कम्पनीले बताएको छ । ‘हामीले व्यक्तिगत निक्षेपको रु १३ करोड ११ लाख फिर्ता गरिसकेका छौं,’ फाइनान्सका व्यवस्थापन प्रमुख ठाकुरप्रसाद पौडेलले भने, ‘अव म्याद नपुगेको मुद्दति निक्षेप, संस्थागत निक्षेप र दाबी नगरिएको केही व्यक्तिगत निक्षेपको भुक्तानी मात्र दिन बाँकी रहेको छ ।’

हाल फाइनान्सले कर्जा असूलीको द्वुत गतिमा अघि बढेको र केही समयभित्रै सम्पूर्ण निक्षेपकर्ता रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ । कारोवारको क्रममा आइपरेका विभिन्न बाधा अवरोधहरुका कारण २०६९ असोज ५ गते देखि यस संस्थालाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य रोकिएको थियो ।

कम्पनीको २०७१ मंसिर मसान्तको वित्तीय विवरण अनुसार निक्षेप रु ३४ करोड ८६ लाख भुक्तानी दिन बाँकी रहेको छ । यसैगरी अन्तरबैंक सापटीतर्फ रु ५ करोड १० लाख मात्र रहेको छ । हाल फाइनान्सले असूल गर्नुपर्ने कर्जा सापट रु ५६ करोड ७४ लाख साँवा रकम बाँकी रहेको छ । यसका अतिरिक्त संस्थाको स्वामित्वमा रहेको घर जग्गा तथा अन्य स्थिर सम्पत्ति बिक्री गर्ने प्रयास भैरहेकोले अन्य सबै किसिमको दायित्व भुक्तानी गर्न संस्था सक्षम रहेको कम्पनीले बताएको छ ।

विसंं २०५८ साल फागुन १ गतेदेखि वित्तीय कारोवार शुरु गरेको यस फाइनान्सले तत्काल चुक्ता पूंजी रु ७ करोड पु¥याएको थियो । पछि, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पूंजी बृद्धि गर्ने क्रममा थप रु २ करोड ४५ लाख कल इन एड्भान्समा जम्मा गरेको थियो । फाइनान्सले  २०६७ पुससम्ममा अधिक्तम विन्दुमा १ अर्ब ८ करोड ९७ लाख रुपैयांसम्म निक्षेप संकलन गरी सुचारुरुपले कर्जा प्रबाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL