Logo

रिलायन्स लोटस फाइनान्सलाई लाभांस वितरण गर्न राष्ट्र बैंकको रोक, सर्वसाधाणका लागि सेयर जारी गर्न निर्देशन

रिलायन्स लोटस फाइनान्सलाई लाभांस वितरण गर्न राष्ट्र बैंकको रोक, सर्वसाधाणका लागि सेयर जारी गर्न निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ पुस, काठमाडौं । नेपाल  राष्ट्र बैंकले रिलायन्स लोटस फाइनान्स लिमिटेडले नगद लाभान्सका लागि पेश गरेको प्रस्तावलाई अस्विकृति गरेको  छ ।

फाइनान्सले सर्वसाधारणलाई छुट्याएको सेयर पूर्ण रुपमा लागु नगरेकाले तत्कालका लागि नगद लाभांस वितरण प्रस्तावलाई स्वीकृति नदिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । ‘फाइनान्सले सर्वसाधारणलाई न्युनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्नेमा १८ प्रतिशत मात्र गरेको छ,’ उनले भने, ‘हामीले सर्वसाधारणका लागि न्युनतम सेयर जारी गर्न २०७२ साल असारसम्मको समय दिएका छौं ।’

राष्ट्र बैंकका अनुसार तत्काल लाभांस दिँदा सिमित व्यक्तिहरुले मात्र नाफा लिन सक्ने भएकाले तत्कालका लागि रोक लगाइएको हो । रिलायन्स र लोटस फाइनान्स मर्ज भएर रिलायन्स लोटस फाइनान्स बनेको थियो । मर्ज हुँदा रिलायन्सले सर्वसाधाणका लागि सेयर जारी गरेको थियो भने लोटसले आइपीओ जारी गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL