Logo

विज्ञ भन्छन्, यही ‘बाफिया’ पास भएमा बैंकिङ क्षेत्र धराशयी हुन्छ, समिति भन्छ, वाध्यता

विज्ञ भन्छन्, यही ‘बाफिया’ पास भएमा बैंकिङ क्षेत्र धराशयी हुन्छ, समिति भन्छ, वाध्यता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हाल व्यवस्थापिका संसदको अर्थ समितिले स्वीकृति गरेकै बैंक तथा वित्तीय सम्बन्धी कानुन (वाफिया) लाई संसदले पास गर्ने हो भने नेपालको बैंकिङ क्षेत्र धराशयी हिुने विज्ञहरुले बताएका छन् । हाल अर्थसमितिले स्वीकृति गरेको वाफियाको विधेयक सिमित सभासद्को स्वार्थमा निर्माण गरिएको र यसले भविश्यमा बैंकिङ क्षेत्र धराशयी बनाउने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताए । ‘एउटै व्यक्ति एकै स्थानमा रहिरहदा कुनै क्षेत्र राम्रो भएको छैन,’ उनले भने, ‘बैंकिङ क्षेत्रमा पनि यही अवस्था दोहोरिने छ ।’

पैसा भएकै आधारमा बैंक चलाउने प्रबृत्ति बढेकाले पनि बैंकिङ क्षेत्रमा विकृति बढेको उनको तर्क थियो । ‘केही समय पहिला दैनिक ३ वटा रागाको मासु बेच्ने मान्छेले समेत बैंक खोले,’ उनले भने, ‘त्यस्ता व्यक्ति बैंक संचालक भएको संस्था कसरी अघि बढ्न सक्छ ।’ हाल बैंक संचालकले ५ प्रतिशत लगानी गरेर ९५ प्रतिशत जनताको रकममा हालीमुहाली गरिरहेको उनको आरोप छ ।’

यसैगरी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञावालीले पनि हाल अर्थसमितिले स्वीकृति गरेकै वाफियाको विधेयकलाई संसदले पास गर्ने हो भने भनिवश्यमा बैंकिङ क्षेत्र नराम्रोसँग धराशयी हुने बताउँछन् । ‘प्राकृतिक सिद्धान्त अनुसार पनि आफु अनुकुलका निर्णय आफैले गर्न मिल्दैन,’ उनले भने, ‘तर, बैंक संचालक र अध्यक्षले नै वाफिया बनाएका छन् ।’ कुनै पनि व्यक्तिको हितमा रहेर कानुन बनाउँदा यसले दिर्घकालिन रुपमा ठूलो असरले गर्ने उनको भनाइ थियो ।

यसैगरी, व्यवस्थापिका संसदको अर्थ समितिको वाफिया छलफल उपसमितिका संयोजक दिपक कुइकेलले भने वाध्यता बस यस्तो निर्णय गर्नुपरेको बताए । ‘वाफियामा संचालकको सिमा तथा लगानीको विषय राख्दा वाफिया नै पास नहुने स्थिती सिर्जना भयो,’ उनले भने, ‘समितिबाट वाफिया स्वीकृति गराउँनकै लागि त्यस्ता व्यवस्था हटाउनु पर्यो ।’

संसदको हरेक समितिका आफ्नै पेशागत सभासदहरु समितिका वसेको जानकारी दिँदै अर्थ समितिलाई मात्र आश्चर्य मान्न नमिल्ने उनको भनाइ थियो । ‘शिक्षा, अर्थ तथा उद्योगलगायतका समितिमा त्यहि क्षेत्रमा कार्यरत सभासदहरु बसेका छन्,’ उनले भने, ‘त्यही क्षेत्रमा कार्यरत सभासदहरु बस्न मिल्ने वा नमिल्ने भन्ने विषय सम्बन्धित व्यक्तिको नैतिकतामा भर पर्छ ।’ समितिमै वसेपनि आफु अनुकुल निर्णय गराउने समितिमा बस्न नमिल्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL