Logo

बैंकिङ सफ्टवेयर ‘फिनाकल’ किन्दै सिटिजन्स बैंक, ग्राहकलाई गुणस्तरीय सेवा प्रदान

बैंकिङ सफ्टवेयर ‘फिनाकल’ किन्दै सिटिजन्स बैंक, ग्राहकलाई गुणस्तरीय सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले कोर बैंकिङ सिस्टम ‘फिनाकल’ गरिद गर्ने भएको छ । उक्त सफ्टवेयर खरिदका लागि भारतको एड्ज भर्भे सिस्टमसँग खरिद सम्झौता गरेको हो ।

ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप कोर बैंकिङ सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिहं भण्डारीले बताए । यसैगरी, बैंकले उक्त कोर बैंकिङ सफ्टवेयर लागू गर्न नेपालको क्यास ट्रेडिङ हाउससँग सम्झौता गरेको छ ।

फिनाकल संसारभरि चलेको उच्चस्तरिय बैंकिङ सफ्टवेयरमध्ये एक हो । कोर बैंकिङ सफ्टवेयर लागू भएपछि ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्र्ने क्षमतामा वृद्धि हुने सीईओ भण्डारीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL