Logo

टुरिजम बैक र क्लियरिङ्ग हाउसबीच सम्झौता, अन्तरबैंक भुक्तानी बिद्युतीय प्रणालीमा

टुरिजम बैक र क्लियरिङ्ग हाउसबीच सम्झौता, अन्तरबैंक भुक्तानी बिद्युतीय प्रणालीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिने विषयमा सम्झौता भएको छ । सो कार्यका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि सो प्रणाली उपलब्ध गराउने छ ।

एनसिएचएल आइपिएस प्रणाली मार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया स्वचालित रुपमा गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता,पेन्सन तलब र भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्छन् ।

उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL