Logo

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई राहत वितरण

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई राहत वितरण



काठमाडौं । स्वावलम्बन लघुवित्तले बाराको हावाहुरी पिडित घरपरिवारलाई आर्थिक सहयोग गरेको छ ।

laxmi

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाँउमा आएको विनासकारी हावाहुरी पिडितलाई ४ लाख ६० हजार रुपैयाँ नगद राहत वितरण गरेको हो ।

संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा साथै पशुपंक्षीको समेत नोक्सान भएको प्रारम्भिक तथ्याङ्कको आधारमा शाखा कार्यालय कलैया, बारा मार्फत उक्त रकम उपलब्ध गराएको हो । साथै संस्थाले हावाहुरी पिडितहरुको थप पहिचान गरी अन्य राहत तथा सहयोग गर्ने भएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित घरपरिवारलाई पटक पटक राहत तथा विभिन्न सहयोग कार्यक्रम निरन्तर रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL