Logo

स्पर्स लघुवित्तको संचालकमा गजुरेल नियुक्त, वित्तीय क्षेत्रमा ३८ बर्षको अनुभव

स्पर्स लघुवित्तको संचालकमा गजुरेल नियुक्त, वित्तीय क्षेत्रमा ३८ बर्षको अनुभव


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पोखराको स्पर्स लघुवित्त वित्तीय संस्थाको संचालकमा लघुवित्त विज्ञ मेघराज गजुरेल नियुक्त भएका छन् ।संस्थाको गत आइतवार बसेको ३१ औ बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

गजुरेलसँग कृषि बिकास बैंक, एनसिसी बैंक र आरएमडिसी समेतमा गरेर ३८ बर्ष बैंकिङ क्षेत्रको नीति निमार्णको तहमा काम गरेको अनुभव रहेको छ । जनप्रशासनमा स्नाकोत्तर गरेका गजुरेल लघुवित्तको क्षेत्रमा बिशेषज्ञको रुपमा चर्तित छन् । हाल उनी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारहरुमा श्रोत व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काका अनुसार स्पर्सले अहिलेसम्म १५ वटा शाखा मार्फत करिब ५ हजार ५ सय विपन्न सदस्यहरुलाई २० करोड लगानी गरी करिब ३ करोड बचत संकलन गरिसकेको छ ।

कास्की, वाग्लुङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखा जिल्लाका बैंकिङ पहुँच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालनमा ल्याएको संस्थाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL