Logo

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुँदै, चुनौती तथा समाधानबारे छलफल

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुँदै, चुनौती तथा समाधानबारे छलफल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चौथो राष्ट्रिय लघुवित्त सम्मेलन २०७३ आगामी चैत २ गते देखि आयोजना हुने भएको छ । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलन ४ गते सम्म चल्ने छ । सम्मेलन होटल याक एण्ड यतीमा आयोजना हुने भएको हो ।

सम्मेलनमा लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौतिहरुमा नियामक र सेवा प्रदायकको वीचमा प्रभावकारी र अग्रगामी सेवा पुर्याउन साझा बुझाईको विकास तथा समाधान लागि विभिन्न दृष्टिकोण तथा सुझावबारे छलफल हुने छ । त्यस्तै लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरु वीच अन्तरकृया तथा सम्वाद हुने आयोजक सेन्टर फर माइक्रोफाइनान्स नेपालले जानकारी दिएको छ ।

लघुवित्तको क्षेत्रमा नियामक निकायबाट घोषित नीति, तथा यसले पारेका प्रभावहरुको समिक्षात्मक मूल्यांकन गरिने छ । त्यसैगरी लघुवित्तको आगामी लक्ष्य तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तनका निम्ति सुझाव प्रतिवद्धताहरुको घोषणा समेत सम्मेलनमा गरिने छ ।

सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८ सय को सहभागीता हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि ८ पूर्ण सत्र र २० विभाजित सत्रहरु संचालन गर्ने योजना बनाइएको छ ।
यस सम्मेलनले लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।

सम्मेलन अवधिमा प्राप्त भएका सुझावहरु र निश्कर्षहरुको आधारमा सम्मेलनको अन्तिम दिन काठमाण्डौं घोषणापत्र जारी हुने छ । सह–आयोजकहरुमा नेपाल राष्ट्र बैंक तथा सक्षम र अन्य आयोजकमा लघुवित्त बैंकर्स संघ, गरिवी निवारण कोष, युवा स्वरोजगार कोष, साना किसान विकास बैंक, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सहकारी संघ,  नेपाल आर्थिक पत्रकार समाजछन् ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL