Logo

सक्षम र नेफ्स्कुनवीच सम्झौता, सहकारी संस्थाको वित्तिय क्षमता बढाउन सहकार्य

सक्षम र नेफ्स्कुनवीच सम्झौता, सहकारी संस्थाको वित्तिय क्षमता बढाउन सहकार्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)ले सक्षमसगँको सहकार्यमा एक परियोजना शुरुवात गरेको छ । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ परियोजना शुरु गरेको हो ।

बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय संघ नेफ्सकुन र युकेएड सक्षमले आज एक कार्यक्रमवीच वित्तिय पहुँचको विस्तार गर्ने परियोजना सम्झौतामा हस्ताक्षर गरे ।
युकेएड सक्षमको सहयोगमा नेफ्स्कुनले नेपालको मध्य र सुदुर पश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत क्षमताको विकास र उनीहरुको थोक कर्जामा पहुँच विस्तार गर्न सहयोग गर्ने छ ।

यस परीयोजनाले ग्रामिण भेगका सहकारी संस्थाहरुको पहुँच नेफ्सकुनमा सजिलोसगँ पु¥याउन मद्दत गर्ने छ ।  त्यस्तै नेफ्सकुनको क्षेत्रिय कार्यालयहरु दाङ र डडेल्धुरामा विस्तार गर्नका साथै सक्षमले त्यस क्षेत्रका बचत तथा ऋण सहकारीलाई नेफ्स्कुनको अन्तर लगानी कार्यक्रम तथा अन्य स्रोतमार्फत थोक कर्जा लिन मदत गर्ने बताइएको छ । यसका अलावा अहिले थोक कर्जा उपयोग गरीरहेका सहकारीहरुको थप ऋण प्रदानगर्ने क्षमताबिस्तार गर्न सघाउ पु¥याउने छ ।

नेफ्स्कुनले परियोजना अवधिमा २ सय सहकारी संस्थाहरुको क्षमता विकास गर्नेछ । यस मार्फत सहकारी संस्थाहरुले ३० हजार नयाँ सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नेछन । क्षमता अभिवृद्धि पछि यी सहकारीहरुले  नेफ्सकुनलगायत अन्य थोक कर्जा प्रदान गर्ने संस्था मार्फत कैलालि, डडेल्धुरा, डोटि, बैतडी, कंचनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम र सल्यानका ग्रामिण क्षेत्रमा ६ अर्ब भन्दाभन्दा बढि ऋण परिचालन गर्नेछन ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष ऋषिराम घिमिरेले सहकारी र थोक कर्जाले नेपालको ग्रामिण क्षेत्रमावित्तिय सेवा पु¥याउन महत्वपुर्ण योगदान गरेको बताए ।
त्यस्तै  दुर्गम क्षेत्रमा थप पहुँच पु¥याउन सहकारीहरुको क्षमता विकास अपरिहार्य छ । सक्षमसगँको यस परियोजनाले सहकारीको क्षमताअभिवृद्धि गर्न र सदस्यहरुलाई गुणस्तरीय सेवाप्रदानगर्न सहयोग पुग्नेछ  उनले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत शिबजी सापकोटाले दुर्गम क्षेत्रका मानिसहरुलाई गुणस्तरीय वित्तिय सेवा विस्तार गर्न अत्याबश्यक भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL