Logo

सूर्योदय लघुवित्तद्धारा १ लाख २० हजार कित्ता आइपीओ खुल्ला, भदौ २६ गतेसम्म म्याद

सूर्योदय लघुवित्तद्धारा १ लाख २० हजार कित्ता आइपीओ खुल्ला, भदौ २६ गतेसम्म म्याद


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आइतवारदेखि सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १ करोड २० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर छिटोमा भदौ १५ र ढिलोमा भदौ २६ गतेसम्म खुल्ने निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जानकारी दिएको छ ।

कूल निष्काशित सेयरमध्ये ४ हजार ८ सय कित्ता सेयर आफ्ना कर्मचारीका लागि छुट्याएको छ । त्यस्तै ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

कम्पनीले निष्काशन गरेको सेयरमा न्युनतम ५० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आइपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL