Logo

सानिमा लाईफ र सृजना फाइनान्सबीच सम्झौता, फाईनान्सबाटै बीमा सेवा

सानिमा लाईफ र सृजना फाइनान्सबीच सम्झौता, फाईनान्सबाटै बीमा सेवा



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच एक सम्झौता भएको छ । ईन्स्योरेन्स र फाईनान्सले आयोजना गरेको एक कार्यक्रममा जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको हो ।

कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा फाइनान्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाइँले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त कार्यक्रममा कम्पनीका तर्फ बाट प्रमुख वित्त अधिकृत आर्यक रञ्जन बराल, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराटनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो ।

सम्झौता अनुसार ग्राहकहरुले सृजना फाइनान्सका सम्पुर्ण शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL