Logo

रिलायवल नेपाल लाइफको नाफा ७१ प्रतिशतले बढ्यो, ६ करोड ३१ लाख आर्जन

रिलायवल नेपाल लाइफको नाफा ७१ प्रतिशतले बढ्यो, ६ करोड ३१ लाख आर्जन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६ करोड ३१ लाख नाफा आजर्न गरेको छ । कम्पनीको नाफा गत आवको तुलनामा ७१ प्रतिशतले बढेको हो ।

सोही अवधिमा बीमा शुल्क आर्जन गत आवको तुलनामा ६३ गुणाले बृद्धि भएको छ । गत आवमा रू १४ लाख ७१ हजार रहेको बीमा शुल्क आर्जन दोस्रो त्रैमासमा रू। ९ करोड २७ लाख पुगेको छ ।

चालू आवको दोस्रो त्रैमसामा कम्पनीको चुक्तापूँजी रू १ अर्ब ४० करोड रहेको छ ।

सोही अवधिमा जगेडा कोषको रकम ६३ प्रतिशतले बढेर रू ६ करोड ८० लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL