Logo

क्लियरिङ हाउस र रिलायन्सबीच सम्झौता,अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराइने

क्लियरिङ हाउस र रिलायन्सबीच सम्झौता,अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्वन्धी सम्झौता भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा यस्तो सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसिएचएन आपीएस प्रणाली उपलब्ध गराउँछ ।

सो प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL