Logo

गरिमा विकास बैंकको १७ प्रतिशत लाभांस प्रश्ताव, राष्ट्र बैंकबाट स्विकृतपछि वितरण

गरिमा विकास बैंकको १७ प्रतिशत लाभांस प्रश्ताव, राष्ट्र बैंकबाट स्विकृतपछि वितरण



काठमाडौं । गरिमा विकास बैंकले आफ्ना लगानीकर्तालाई १७ प्रतिशत लाभांस वितरण गर्ने प्रश्ताव पेश गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले ४७ करोड ४० लाख २२ हजार ५ सय ५९ रुपैयाँ बराबरको लाभांस वितरण प्रश्ताव गरेको हो ।

laxmi

बैंकको हाल चुक्ता पूँजी भने २ अर्ब ७८ करोड ८३ लाख रहेको छ । उक्त १७ प्रतिशत मध्ये १६ दशमलव १५ प्रतिशत बोनश सेयर र बाँकी ० दशमलव ८५ प्रतिशत रकम भने कर प्रयोजनको लागि छुट्याईएको हो ।

बैंकको लाभांस वितरण गर्ने प्रश्ताव राष्ट्र बैंकबाट स्विकृत भएपश्चात बैंकको बार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL