Logo

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुने बिच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका कर्मचारी र सम्पुर्ण ग्राहकहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामार्फत ग्रुपका देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा बैंकका कर्मचारी तथा ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गरिनेछ ।

उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL