Logo

सिटिजन्स बैंकले माग्यो आवेदन, ब्रान्च म्यानेजर देखि जुनियर अफिसर सम्मका लागि अवसर

सिटिजन्स बैंकले माग्यो आवेदन, ब्रान्च म्यानेजर देखि जुनियर अफिसर सम्मका लागि अवसर



काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा पदपुर्तिका लागि आवेदन माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै विभिन्न जिल्लामा रहेका कार्यलयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले बाँकेको कोहलपुर, काठमाडौंको तारकेश्वरको लामबगर, काठमाडौंकमलादी, काठमाडौँ सिनामंगल, चितवनको रत्ननगर लगायत १३ स्थानका लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर देखि जुनियर अफिसम्मका लागि आवेदन माग गरेको छ । बैंकले २० जना ब्रान्च म्यानेजर, केही संख्यामा चार्टर्ड एकाउन्टेण्ट, रिस्क डिपार्टमेन्टमा जुनियर अफिसर १ जना, केही सुपरभाइजर, रिलेशनसिप अफिसर केही र इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टमा जुनियर अफिसर १ जना माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले भदौ १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL