Logo

परियोजना धितोमा प्रभु बैंकले ५ करोडसम्म ऋण दिने, व्याज ५ दशमलव ३७ प्रतिशत मात्र

परियोजना धितोमा प्रभु बैंकले ५ करोडसम्म ऋण दिने, व्याज ५ दशमलव ३७ प्रतिशत मात्र



काठमाडौं । प्रभु बैंकले परियोजना धितोमा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले कुनै पनि उद्यमीले गर्न लागेको परियोजना धितोको आधारमा सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

laxmi

बैंकले सरकारले कार्यान्वयमा ल्याएको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी व्यवस्था बमोजिम उक्त ऋण दिन लागेको हो । जस अन्तरगत व्यवसायिक कृषि, शिक्षित युवा बेरोजगार, बैदेशिक रोजगारीबाट फर्केका युवा, दलितको लागि कर्जा र उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि कर्जा योजना छन् ।

बैंकले उक्त कर्जाको ब्याज रकम ५ दशमलव ३७ प्रतिशत मात्र हुने जानकारी दिएको छ । जुन अहिले बजारमा चलेको सामान्य ब्याजदरको तुलनामा आधाभन्दा सस्तो पर्न आउँछ ।

बैंकले व्यवसायिक कृषि कर्जा योजना अन्तरगत ५ करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्ने छ । तर १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि संस्था हुन पर्ने र १ करोड रुपैयाँभन्दा बढीको लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त राखेको छ ।

बैंकले ल्याएको नीति अनुसार शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्जल कर्जा योजना ल्याएको छ । उक्त कर्जा लिनका लागि स्नातक उत्र्तिर्णगरी ४० बर्ष ननाघेको हुनुपर्नेछ ।

बैंकले महिला उद्यमीको लागि उजेली कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षको लागि १५ लाख रुपैयाँसम्म विनाधितो ऋण पाइनेछ ।

यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले विनाधितो १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । जसका लागि पीआर तथा ग्रीन कार्ड नभएको तथा विदेशबाट फर्केको ३ बर्ष नकटेको हुनुपर्ने छ ।

सरकारको नीति अनुरुप बैंकले दलित समुदायको लागि कर्मवीर कर्जा योजना ल्याएको छ । यो योजनामा पनि ५ बर्षसम्मको लागि १० लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL