Logo

लक्ष्मी बैंकको १६औं साधारणसभा सम्पन्न, ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित

लक्ष्मी बैंकको १६औं साधारणसभा सम्पन्न, ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै आर्थिक वर्ष २०७२/०७३ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारणसभाले आव २०७२÷०७३ सम्मको संचित मुनाफाबाट शेयर पूँजीको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सो बोनस शेयर प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १०० प्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउँछ ।

सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

लक्ष्मी बैंक सन् २००२ मा स्थापना भएको हो । बैंकले करिब ७०० भन्दा बढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो ६८ शाखा मार्पmत सेवा पु¥याएको छ ।
आव. २०७२/७३ मा ४८.१५ अर्ब निक्षेप र ४०.३६ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रहेको छ । सोहि आवमा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

लक्ष्मी बैंकले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL