Logo

हिमालयन बैंकको डेढ लाख कित्ता सेयर लिलामीमा, चैत १० देखि विक्री

हिमालयन बैंकको डेढ लाख कित्ता सेयर लिलामीमा, चैत १० देखि विक्री


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालयन बैंकको करिब डेढ लाख कित्ता सेयर लिलामी बिक्रीका लागि राखिएको छ । बैंकको हकप्रदमा नबिकेको सेयर लिलामीमा राखेको हो ।

१ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर चैत १० गतेदेखि १६ गतेसम्म बिक्रीका लागि खुला गरिएको हो ।

लिलामी सेयरको बाँडफाँड चैत १७ गते हुनेछ । कम्पनीको सेयर बजारमा मूल्य प्रतिकित्ता ८ सय ७८ रुपैयाँ छ । कम्तीमा १ सय कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL