Logo

सुध्रिदै शोधनान्तर स्थिती, दोब्बरले बढ्यो वैदेशिक लगानी

सुध्रिदै शोधनान्तर स्थिती, दोब्बरले बढ्यो वैदेशिक लगानी



काठमाडौं । पछिल्लो समय देशको शोधनान्तर स्थितीमा सुधार आएको छ । गत आर्थिक बर्षमा उच्च घाटामा गएको शोधनान्तर स्थिती चालू आबमा सुधार भएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आबको पहिलो ३ महिनामा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यसैगरी सो अबधिमा देशको चालू खाता घाटामा पनि सुधार आएको छ । अघिल्लो आबको पहिलो ३ महिनामा देशको चालू खाता घाटा ८१ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा यस्तो घाटा २७ अर्ब १८ करोड रुपैयाँ मात्र रहेको छ ।

सो अबधिमा नेपालमा भित्र्ने वैदेशिक लगानीमा पनि वृद्धि भएको छ । अग अबको् पहिलो ३ महिनामा कुल १ अर्ब ५४ करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएकोमा चालू आबको सोही अबधिमा ४ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चितीमा पनि सुधार आएको छ । २०७६ असार मसान्तको १० अर्ब ३८ करोड ९२ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती रहेकोमा २०७६ असोज मसान्तमा आईपुग्दा बढेर १० खर्ब ८७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । सो अबधिमा विदेशी विनिमय सञ्चिती ४ दशमलव ७ प्रतिशतले बढेको छ ।

कुल सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा ९ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ छ भने बैक वित्तीय संस्थामा १ खर्ब ४३ अर्ब ९० करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL