Logo

सेञ्चुरी बैंकको सिएसआर, धुलिखेलको विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

सेञ्चुरी बैंकको सिएसआर, धुलिखेलको विद्यालयलाई कम्प्यूटर हस्तान्तरण



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका वडा नं ७ स्थित सञ्जीवनी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले बैंकले २ थान कम्प्यूटर वितरण गरेको हो । कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL