Logo

ग्लोबल आईएमई बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका ग्राहकलाई हवाईटिकटमा ७ प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका ग्राहकलाई हवाईटिकटमा ७ प्रतिशतसम्म छुट



काठमाडौं । कतार एयरवेज र ग्लोबल आईएमई बैंकबीच सम्झौता भएको छ । आईतबार ग्लोबल आईएमईका ग्राहकलाई कतार एयरवेजले हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ ।

सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले हस्ताक्षर गरेका छन ।

हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL