Logo

आठ बर्ष पछि नेपाल बैंकले मनायो बार्षिकोत्सव, एकै दिन १८ शाखा उद्घाटन

आठ बर्ष पछि नेपाल बैंकले मनायो बार्षिकोत्सव, एकै दिन १८ शाखा उद्घाटन



काठमाडौं । नेपाल बैंकले ८ बर्षपछि बार्षिकोत्सव मनाएको छ । आफ्नो ७५ औं बार्षिकोत्सव मनाएर लामो समयदेखि अन्योलमा रहेको नेपाल बैंकले २०७६ मा आएर आफ्नो ८३ औ बार्षिकोत्सव मनाएको हो ।

नेपालमा बैंकिङ क्षेत्रमा इतिहास बोकेको नेपाल बैंकलाई मानव बैंकको रुपमा अघि बढाईने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारीले जानकारी दिए । हाल ६३ जिल्लामा शाखा विस्तार गरी १७ लाख ग्राहकलाई प्रत्यक्ष सेवा दिँदै आएको बैंकको सेवालाई विस्तार गरी ७७ जिल्लामा पुर्याइने उनको उद्घोष थियो ।

बैंकले बार्षिकोत्सको अवसरमा डिजिटल प्रविधिबाट १८ शाखा तथा २ वटा एक्स्टेन्सन काउण्टरको समेत उत्घाटन गरेको छ ।

यसैगरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बैंकमा आगामी दिनमा अन्तरराष्ट्रिय स्तरको प्रविधि भित्र्याएर अत्याधुनिक बैंकिङमा जाने बताए । ‘लामो इतिहास बोकेको नेपाल बैंकले पछिल्लो सयम युवा जनशक्ति भित्र्याएर सवल र सक्षम बैंकिङ सेवा प्रदान गर्दै आएको छ,’ कार्यक्रममा उनले भने, ‘अबका दिनमा अन्तरराष्ट्रिय स्तरको आधुनिक प्रविधि भित्र्याएर अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL