Logo

सहुलियत कर्जा प्रबाहलाई मासिक टार्गेट बनाएर कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन

सहुलियत कर्जा प्रबाहलाई मासिक टार्गेट बनाएर कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले ल्याएको सहुलियत कर्जा प्रबाहलाई मासिक टार्गेट बनाएर कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । शिवाकोटीले नेपाल बैंकको ८३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्थाहरुले सहुलियकपूर्ण कर्जा प्रबाहलाई प्राथमिकता निदएको भन्दै अबका दिनमा मासिक वा त्रैमासिक टार्गेट बनाएर राष्ट्र बैंकका कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

‘अहिलो नेपाल बैंकले पनि अन्य क्षेत्रमा प्रबाह गरिने कर्जामा आक्रामक रुपमा अघि बढेपनि राष्ट्र बैंकले ल्याएको सहुलियकपूर्ण कर्जा प्रबाहलाई चासो दिएको देखिँदैन,’ उनले भने, ‘अबका दिनमा मासिक वा त्रैमासिक टार्गेट बनाएर यथासक्दो छिटो राष्ट्र बैंकलाई त्यसको कार्ययोजना पेश गरोस ।’ साथै उक्त कर्जा प्रबाहका लागि अन्य बैंक वित्तीय संस्थालाई कडाईका साथ कार्यान्यनमा लगिने उनले जानकारी दिए ।

यसैगरी कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बैंक वित्तीय संस्थाले सरकारले लिएको विकासको लक्ष्य अनुरुप काम गर्नुपर्ने बताए । ‘हामी बैंक वित्तीय संस्थालाई नराम्रो काम गर्न प्रेरित गर्दैनौं,’ उनले भने, ‘तर सरकारले ल्याएको विकासको एजेण्डालाई सहयोग गर्नेगरी अघि बढ्नुपर्छ ।’

विशेषगरी नेपाल बैंकमा सरकारको ठूलो हिस्सा लगानी भएको भन्दै सहुलियत पूर्ण कर्जा प्रबाह तथा सरकारको विकासको एजेण्डामा सहयोग पुग्नेगरी काम गर्नुपर्ने उनको भनाई थियो । ‘सरकारको विकासको एजेण्डालाई सहयोग पुग्नेगरी काम गरोस भनेर न नेपाल बैंकमा सरकारले लगानी गर्दै आएको छ,’ उनले भने, ‘यदि नेपाल बैंकले पनि निजी क्षेत्रबाट संचालित अन्य बैंकलेजस्तो मात्र काम गर्ने हो भने किन पब्लिक बैंक भन्ने ?’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले निक्षेपकर्तालाई उचित व्याज दिएर निक्षेप परिचालन गर्नुपर्ने बताए । निक्षेपकर्तालाई न्यून व्याज दिँदा बैंकमा निक्षेप नआई लगानीयोग्य पूँजीको अभाव हुनेभन्दै सोही अनुरुपको ब्याज प्रदान गर्दै निक्षेप तथा कर्जा परिचालन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL