Logo

ग्लोबल आइएमई बैंक र ब्लू क्रश अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

ग्लोबल आइएमई बैंक र ब्लू क्रश अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक र ब्लू क्रश अस्पतालबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई अस्पतालका सेवा सुविधामा विशेष छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ब्लू क्रश हस्पिटल प्रालिको व्यवस्थापन समितिका सदस्य–सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन ।

सम्झौता पश्चात ब्लू क्रश हस्पिटल, त्रिपुरेश्वरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष सहुलियत पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL