Logo

एभरेष्ट बैंकले बढायो नाफा, तीन महिनामा कमायो ६९ करोड

एभरेष्ट बैंकले बढायो नाफा, तीन महिनामा कमायो ६९ करोड



काठमाडौं । एभरेष्ट बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ६९ करोड नाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आबको ६ करोड रुपैयाँले बढि हो ।

बैंकको चालू आबको ३ महिनमा वितरण योग्य नाफा भने २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव १७ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ भने २२७.३३ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL